सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा बेच्न राखेको भेडे खुर्सानीमा विषादी फेला

२०८० साउन १२, ०४:३१ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा सल्याबाट ल्याइएको भेडे  खुर्सानीमा तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ।

अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा एक क्विन्टल बढी भेडे  खुर्सानीमा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको हो। कार्यालयका बालि संरक्षण अधिकृत प्रमोद ठगुन्नाले भेडे  खुर्सानीमा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए। उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने गरेको बताए।

उक्त भेडे खुर्सानी कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो। विषादी फेला परेको भेडे  खुर्सानी आज बिहान मात्रै ल्याइएको पसलका विक्रेता रमेश सुनारले बताए। यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्विन्टल टमाटरमा विषादी भेटिएपछि नष्ट गरिएको थियो।

कमेन्ट लोड गर्नुस