सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अनुमति विना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ

२०८० साउन १२, ०७:२७ खबर संवाददाता

धनगढीः धनगढीमा अनुमति विना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ परेका छन्। बिहिवार धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षीय दिपक महरा र धनगढी–२ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुलाई सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाको टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ। उनीहरुले क्लिनिक सञ्चालनको अनुमति नलिएको र अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस