सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरी प्रधान कार्यालयले गर्‍यो ८ हजार बढी हातहतियार नष्ट

२०८० साउन ११, ०६:१० खबर संवाददाता

काठमाडौँः  प्रहरीले विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत गरेका ८ हजार हातहतियार नष्ट गरेको छ।

विभिन्न समयमा प्राप्त भएका, बरामद गरेका तथा वेवारिसे हातहतियार बुधबार नष्ट गरिएको हो। प्रहरीका अनुसार भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार कानून बमोजिम नष्ट गरिएको छ।May be an image of 16 people and fire

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बुढानिलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष लगायतको रोहबरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार नष्ट गरिएको हो।May be an image of 7 people

त्यस्तै केही हातहतियारसँग सम्बन्धित फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उक्त हातहतियारहरू दीर्घकालीन व्यवस्थापन गर्नका लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्रद्वारा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ २३ र असार २६ गतेको बैठकमा कानूनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस