सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस युनिभर्स नेपालका लागि चौथो संस्करणको आवेदन खुल्यो

२०८० साउन ११, ०५:०४ खबर संवाददाता

काठमाडौँः  उमंग क्रियसनले मिस युनिभर्स नेपालको लागि आवेदन आह्वान गरेको छ। सो संस्थाले चौथो संस्करणको मिस युनिभर्सको लागि आवेदन आह्वान गरेको हो।

बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उमंग क्रियसनकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले निवेदन आह्वान गरिएको बताइन्। उनका अनुसार यो वर्षदेखि आवेदनमा पनि व्यापक परिवर्तन र फेरबदल गरिएको छ। यसअघि मिस युनिभर्सका संस्करणमा तौल र उचाइको मापदण्ड भए पनि यो वर्षदेखि ती दुबै मापदण्ड हटाइएको छ।

यो वर्षदेखि विवाहित महिला र आमाहरुले पनि यो प्रतियोगितामा सहभागी हुन पाउने भएका छन्। प्रतियोगिताका लागि अगष्ट ३ सम्म मिस युनिभर्स नेपालको वेभसाइट र खल्ती एपबाट आवेदन दिन सकिने आयोजक पक्षले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस