सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ सार्वजनिक

२०८० साउन ११, ०४:५२ खबर संवाददाता

काठमाडौंः  भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो। कृषा चौलागाईं निर्देशित फिल्मलाई सोसियो–पोलिटिकल जनरामा राखिएको छ। गाउँको सेटिङमा राजनीतिक कथावस्तु बुनिएको फिल्मको गीत सार्वजनिक समारोहमा फिल्मका कलाकार उपस्थित थिए। आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिषकै संगीत छ।

स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेको अभिनय छ। यो गीतमा फिल्मका शीर्ष कलाकारहरु फिचर्ड छन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन,  अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन छ।

फिल्मलाई प्रीतम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन् भने विशाल चौलागाईं सहनिर्माता हुन्।
 

कमेन्ट लोड गर्नुस