सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेखा थापाको ’उपहार’ मा मुकुन भुसाल जोडिए

२०८० साउन ७, ०९:३२ खबर संवाददाता

काठमाडौँः  अभिनेत्री रेखा थापाको निर्माण तथा अभिनय रहने फिल्म ‘उपहार’मा मुकुन भुसाल अनुबन्धित भएका छन्।

आइतबार रेखाका श्रीमान् तथा व्यावसायी बलराम शाहीले मुकुनसँग कागजी सम्झौता गरेका हुन्। फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गर्ने छन् भने फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ।  निर्देशक देउजा र मुकुनबीच यसअघि ‘झिँगेदाउ’मा सहकार्य भएको थियो। अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको आगामी भदौबाट छायांकन सुरु हुनेछ।

काठमाडौं आसपासमा छायांकन गर्ने तयारी गरिएको फिल्म सामाजिक विषयवस्तुमा आधारित हुने जनाइएको छ। रेखा फिल्म्स र निर्देशक देउजाको कपनगढी सिनेमाको संयुक्त ब्यानरमा फिल्मको निर्माण हुनेछ। हाल राजनीतिमा व्यस्त रहेकी रेखा थापाले करिब ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेकी हुन्।
 

कमेन्ट लोड गर्नुस