सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङकी निर्मला मोड्लिङमा जम्दै, ‘चाहाना यो मनको’ बजारमा

२०८० साउन ७, ०७:४७ खबर संवाददाता

धनगढीः बझाङकी निर्मला कडायत मोड्लिङमा जम्दै गएकी छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ मुम्लाकी २१ वर्षीया कडायत मोड्लिङमा उदाउँदै छिन्। काठमाडौँलाई कर्मथलो बनाएर गीत–सङ्गीतमा हाउभाउ दिन निर्मला व्यस्त छिन्। सानैदेखि कलाकारिता क्षेत्रमा रुचि भएकी उनी अहिले केही गीतको मुख्य भूमिकामा देखा परिसकेकी हुन्। 

उनले हालसम्म पाँच वटा गीतहरूमा अभिनय गरिसकेको बताएकी छन। आधुनिक गीत र एक दोहोरी गीतमा कडायत मुख्य भूमिकामा देखिएकी छिन्। पहिलो पटक निर्गुनी बोलको आधुनिक गीतको मुख्य रोलमा देखिएकी कडायतको अभिनयलाई दर्शकले रुचाएका थिए। लगत्तै ‘हितैकी परानी’ बोलको गीतमा प्रेम बोहरासँग कडायतले जोडी बाँधेकी थिइन्। त्यस्तैै ‘तिमि आउँछेउकी भनी’ बोलको गीतमा कडायत मुख्य भूमिकामा देखा परिन्। हालै ‘चाहाना यो मनको’ सिसिर श्रेष्ठसँग कडायताले स्क्रिन सेयर गरेको गीत बजारमा आएको छ।

अभिनयसँगै पत्रकारिता गरिरहेकी निर्मलाको प्रस्तुति साङ्गीतिक सर्जक तथा उत्पादकहरूको नजरमा पर्ने गरेको छ। कैलालीको एसपीए कलेजबाट प्लस टु सकेकी निर्मला अब भने कलाकारिता क्षेत्रमै जम्ने प्रयत्न गरिरहेको बताउछिन्।
 

कमेन्ट लोड गर्नुस