सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सेवाग्राहीको निवेदन लेखनमा सहयोग गर्नेले रकम लिए’

२०८० साउन ४, ०७:४३

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले सेवाग्राहीको निवेदन लेखनमा सहयोग गर्नेले रकम लिएको बताएको छ।

वडा कार्यालयले लामो समयदेखि कार्यालयमा आउने सेवाग्राहीका निवेदन लेखनमा सहयोग गर्ने व्याक्तिले रकम लिने गरेका बताएको हो। वडाले कार्यालय बाहिर सेवाग्राहीलाई सहयोग गर्नेले रकम लिएको बताएपनि उनीहरुले भने दर्ता चलानीमा रहेका व्याक्तिलाई रकम दिएका हुन्।

वडा कार्यालयले कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न रकम असुल नगरेको दाबी गर्दै सहयोगीले रकम लिने गरेको बताएको हो। तर सेवाग्राहीले दर्ता चलानीमा रहेका व्याक्तिलाई ५० रुपैयाका दरले रकम दिएका हुन्। वडा कार्यालयहरुमा आर्थिक वर्ष २०८०/०८१ का लागि सामाजिक सुरक्षा भत्ताको नवीकरण गरिदैछ।

वडा नम्बर २ मा एक हजार एक सय ६२ जनाले सामाजिक सुरक्षा भत्ता पाउदै आएका छन्। जेष्ठ नागरिक, एक महिला, बिधुवा महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका र दलित जेष्ठ नागरिकले वडा नम्बर २ मा नवीकरण गर्दैछन्।

धनगढी वडा नम्बर २ का कर्मचारी भत्ता नवीकरण गर्न रकम असुल्दै

कमेन्ट लोड गर्नुस