सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफा महिला विश्वकप आजबाट  

२०८० साउन ४, १०:३१ खबर संवाददाता

काठमाडौंः अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीवारबाट सुरु हुँदैछ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ। उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ।

खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ। यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ। आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ।

कमेन्ट लोड गर्नुस