सुदूर नेपाललाई विश्वसँग जोड्दै

साइकलयात्री शाह अभिनित मार्मिक गीत सार्वजनिक 

२०८० साउन ४, ०९:५२ खबर संवाददाता

धनगढीः साइकल यात्री भरत विक्रम शाहको अभिनय रहेको मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ।

चर्चित साइकलयात्री शाहको अभिनयमा रहेको उक्त गीत बुधवार कास्पर प्रोडक्सन नामक युट्युब च्यानलबाट सार्वजिक गरिएको हो। उक्त गीतमा आत्महत्या गर्नुहुँदैन भन्ने विषय वस्तु समेटिएको छ।

गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ। चन्द सिंहले संगीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका हुन्। गीतको भिडियो छायांकन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्।
 

कमेन्ट लोड गर्नुस