मनसुन बाहिरियो, पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।
आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।