सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको आपूर्ति सहज

फोटो : विकाश पाठक
फोटो : विकाश पाठक
२०८० साउन २, ०८:५० कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदाथको आपूर्ति सहज भएको छ। व्यवसायीहरुले मंगवार नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ पाएपछि आपूर्ति सहज भएको हो। धनगढीसहित प्रदेशका पेट्रोल पम्पहरुमा साेमवारदेखि पेट्रोलियम पर्दाथको अभाव रहेको थियो। 

नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले मंगलबार कैलालीसहित प्रदेशमा ९ जिल्लाका विभिन्न डिलरहरुमा दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल पठाइएको बताएका छन्। उनले निगमले बजारमा इन्धन पठाएसँगै आपुर्ति सहज भएको बताए। 

व्यावसायीहरुले गत शुक्रवार निगमबाट पेट्रोलियम पदार्थ लिएका थिए। तर उनीहरुले पम्पमा मौजदाज सकिएको भन्दै सोमवार र मंगलवार साँझसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गरेनन्। उनीहरुले कृत्रिम अभाव गरेर  पेट्रोल पम्पहरु बन्द गरेकाआरोप छ। 

यता तीन दिनदेखि व्यवसायीहरुले पेट्रोलियम पदार्थको बिक्रि वितरण बन्द गरेका कारण पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भीडभाड बढेको छ। प्रदेशको अस्थायी राजधानी धनगढीसहितका क्षेत्रका पम्पहघछचरुले मंगलवार साँझदेखि पेट्रोलियम पदार्थ बिक्रि गरिरहेकाले भीडभाड बढेको हो।

यसअघि व्यवसायीहरुले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्ने कारण देखाउँदै आयल निगमसँग थप माग नगरेर पम्पमा ताला लगाएपछि आपूर्ति ठप्प भएको थिया।

धनगढीमा पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ मुख्य कारण
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस