सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हरियाली धनगढी’ अभियानमा साथ दिए  धनगढीका चन्द र भण्डारीले

२०८० असार ३१, ०९:३७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको ‘हरियाली धनगढी’ अभियानमा सहभागिता जनाउँदै बैतडी हटैराजका अनि चन्द र जमुना चन्दले आफ्ना  छोरा स्व.डम्मर चन्दकोे स्मृतिमा दुई वटा विरुवा बराबर १० हजार ५१ रुपैयाँ उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।May be an image of 3 people and text

यस्तै, धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै स्व.प्रेम बहादुर भण्डारीको स्मृतिमा धनगढी– ३ चौराहकि उनकि धर्मपत्नी लक्ष्मी देवी भण्डारी, भाई मानबहादुर भण्डारी र पुष्कर गुरुङले ३ वटा विरुवा  बराबर १५ हजार रुपैयाँ नगरप्रमुख हमाललाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस