सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेका छन् : सभापति देउवा

। फोटो स्रोत ।
२०७६ वैशाख ६, ०१:५७ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन्। नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दैै देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताए। वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन दिए।

उनले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे। कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए। कार्यक्रममा कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाए। उनले अधिनायकवादतर्फ उन्मुख सरकारलाई नेपाली कांग्रेस एक जुट भएर परास्त गर्नुको विकल्प नभएको बताए।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकका लागि केही नगर्ने सरकार प्रचारमुखी मात्र भएको टिप्पणी गरे। उनले सरकारको आयु छोटिँदै गएको दाबी पनि गरे। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालालगायत नेवि संघका पूर्वअध्यक्षहरुले नेपाल विद्यार्थी संघले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे जानकारी दिएका थिए।

कमेन्ट लोड गर्नुस