सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षिका बमद्धारा जन्म दिनमा कलाकार कल्याणकारी कोषमा रकम जम्मा

२०८० असार ३१, ०९:२७ खबर संवाददाता

धनगढीः कैलालीको दुर्गम मोहन्याल गाउँपालिका वडा नम्बर ५ धमकोटमा अध्यापन गर्दै आएकी एक शिक्षिकाले जन्म दिनमा कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरेकी छन्।

जिल्लाको धमकोट आधारभुत विद्यालयमा अध्यापन गर्दै शिक्षिका यशोदा बम देउवाले आफ्नो जन्म दिनको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण तथा डेउडा प्रतिष्ठानको कोषमा रकम जम्मा गरेकी हुन। उनले कलाकार कल्याणकारी कोषमा तीन हजार तीन सय ३३ रुपैयाँ जम्मा गरेकी छन्। उनले जन्म दिनमा रचनात्मक र सामाजिक कार्य गर्न चाहेको बताइन। 

भाषा, कला, संस्कृतिको संरक्षणसँगै कलाकारहरुको साझा एवं अभिभावकत्व गर्ने संस्था डेउडा प्रतिष्ठान केन्द्रीय समितीले कोष खडा गरेको छ। कल्याणकारी कोषले कलाकारहरुलाई गाह्रो अफ्ट्यारो गरेका कलाकारहरुलाई सहयोग गर्ने छ।  एक करोडसम्म रकम जम्मा गर्ने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस