जानकी गाउँपालिका साँस्कृतिक महासंघअधिबेशन सम्पन्न– अध्यक्षमा खनाल

धनगढीः नेपाल साँस्कृतिक महासंघ जानकी गाउँपालिकाको प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ।
नेपाली काँङग्रेस जानकी गाउँपालिका सभापति गणेशराज रेग्मीको सभापतित्वमा भएको अधिबेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँङग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं नेपाल साँस्कृतिक महासंघ केन्द्रीय उपसभापती सुरत रावत (डोटेली कान्छा) ले गरेका थिए।
अधिवेशन समारोहमा नेपाली काँङग्रेस सुदूरपश्चिम प्रदेश प्रतिनिधि भक्त बि.क. नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय सदस्य नमराज उपाध्याय, नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सदस्य प्रेमबिबश चन्द, नेपाली काँङग्रेस जानकी गाउँपालिका सह–सचिव भिम थारु लगायतको सहभागिता थियो।
प्रथम अधिबेशनबाट नेपाल साँस्कृतिक महासंघ जानकी गाउँपालिका अध्यक्षमा सरिता खनाल, उपाध्यक्षमा सुनिता चौधरी दहित, सचिबमा निरु सुनार चयन भएका छन्। त्यस्तै सदस्यमा अबिनाश थापामगर, रोहित टमटा, बिनय कठरिया, बहादुर सलामी, आशा चौधरी र खडकबहादुर चौधरी चयन भएका छन्।


