सुदूर नेपाललाई विश्वसँग जोड्दै

वरिष्ठ साहित्यकार जोशी ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट  सम्मानित

२०८० असार ३०, १०:०६ खबर संवाददाता

 विराटनगरः सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति विद्ध पद्मराज जोशी प्रभात दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित हुनुभएको छ।

लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट शुक्रवार सम्मान गरिएको  हो। कोसी प्रदेश प्रमुख परशुराम खापुङले भानु जयन्तीका अवसरमा विराटनगरमा आयोजित एक भव्य समारोह बिच नगद,दोसल्ला र सम्मान पत्रद्वारा जोशी लाइ सम्मान गर्नुभएको थियो।

प्रतिष्ठानका अध्यक्ष समालोचक एवं साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
 

कमेन्ट लोड गर्नुस