सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता सारुक ताम्राकार मृत फेला 

२०८० असार २२, ०७:४४ खबर संवाददाता

काठमाडौं: अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। उनी बिहीवार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा मृत फेला परेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए। रेग्मीका अनुसार उनी घरको छिडिमा घाटीमा पासो लगाएको अवस्थामा मृत फेला परेका हुन्।

बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय घरमा उनी मृत फेला परेका हुन्। सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए। फिल्म हाल छायाङ्कनरत छ।

फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीवार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए। सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको रेग्मीले बताए। ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ। उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

कमेन्ट लोड गर्नुस