सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

२०८० असार १८, ०४:४३ खबर संवाददाता

काठमाडौंः ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान व्युरोले रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो। पोखरेल समरजंग कम्पनीका पूर्वअधिकृत र महर्जन नक्कली मोही रहेको प्रहरीले जनाएको छ। व्युरोले आइतबार तीन जनालाई पक्राउ गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको थियो।

महर्जन नक्कली मोही, भट्टाराई कमनापा–४ का तत्कालीन वडासचिव र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी रहेका व्युरोले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस