सुदूर नेपाललाई विश्वसँग जोड्दै

बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते

२०७६ वैशाख ५, ०१:४७

पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते भएका छन्। पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्दा कालिभन्ज्याङ गणका धर्मबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। 

उनका अनुसार घाइते थापालाई पोखराको फिस्टेल अस्पतालमा सामान्य उपचार गरी काठमाण्डौको छाउनी अस्पताल ल्याइएको छ।  
 

कमेन्ट लोड गर्नुस