सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हात्तीछाप’मा जोडिए दयाहाङ र उपासना

२०८० असार १७, ०६:०८ खबर संवाददाता

काठमाडौंः  छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’को कार्यशाला आइतबारदेखि सुरु भएको छ।

वर्कसपमा दयाहाङ राई र उपासना सिंह ठकुरी जोडिएका छन्। आगामी बिहीबारदेखि छायांकन थाल्ने योजना रहेको निर्माता किरण नेपालीले बताए। गत वर्षको हिट फिल्म ‘दुई नम्बरी’पछि निर्माता नेपालीले यी दुई शीर्ष कलाकारसँग पुनः सहकार्य गरेका हुन्। यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन्।

यो फिल्मलगत्तै सुनुवार ‘हिमालय रोडिज सिजन ५’ को छायांकनमा व्यस्त हुनेछन् भने दयाहाङ बाँसुरी फिल्म्सको नयाँ फिल्म ‘राजागञ्ज’मा जोडिनेछन्। सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको ‘हात्तीछाप’को पटकथा प्रदीप भारद्वाजको छ। लेखक भारद्वाजका अनुसार फिल्मको बटमलाइन ‘जे कर्म ग¥यो परिणाम त्यहीअनुसार प्राप्त हुन्छ’ भन्ने रहेको छ।

सोसल ड्रामा जनरामा राखिएको यो फिल्मलाई कास्कीको ल्वाङ गाउँ र काठमाडौंमा छायांकन गरिने भएको छ। फिल्ममा सौगात मल्लको पनि शीर्ष भूमिका छ। तर सौगात भने साउनपछि मात्र छायांकन सेटमा जोडिने जनाइएको छ। फिल्ममा विल्सनविक्रम राई, गौरव पहारी, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङलगायतको अभिनय हुनेछ। फिल्मलाई सुसन प्रजापतिले खिच्नेछन्।
 

कमेन्ट लोड गर्नुस