सुदूर नेपाललाई विश्वसँग जोड्दै

छिट्टै चीन भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

२०८० असार १६, ०९:४६ खबर संवाददाता

पोखराः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै चीन भ्रमणमा जाने बताएका छन्।

शनिबार दिउँसो पोखरामा सञ्चारकर्मीहरूसँग अन्तर्क्रिरया गर्दै उनले चीन भ्रमणको तयारी भइरहेको बताएका हुन्। ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु।

छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ।’ उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ।
 

कमेन्ट लोड गर्नुस