सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखियो जलहरी

२०८० असार १४, १०:१६ खबर संवाददाता

काठमाडौंः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा जलहरी राखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि सुनको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको हो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अख्तियारले नापतौल गर्न रुद्रगारेश्वरमा ल्याइएको जलहरी बुधवार साँझ मन्दिरमा लगेर पुनस्र्थापित गरिएको हो। असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो।   
 

कमेन्ट लोड गर्नुस