सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट अबैध सामानसहित चार जना पक्राउ

२०८० असार १३, ०१:०२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट अबैध (भन्सार छली) का सामानसहित चार जना पक्राउ परेका छन्।

मंगलबार राति धनगढी उप–महानगरपालिका–१० शिव मन्दिरबाट भन्सार छलीका करिब ५४ हजार मुल्य बराबरका हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो।

साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ३० वर्षीय हेमराज अवस्थी सहित चार जना र दुईवटा मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छलीका सामान र मोटरसाइकलसहित चारै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाएको छ।

कमेन्ट लोड गर्नुस