सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाको संख्या घटाउने सरकारको कुनै दृष्टिकोण छैनः रक्षामन्त्री खड्का

२०८० असार १२, ०९:४३ खबर संवाददाता

काठमाडौँः  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या थपघट गर्ने सरकारको कुनै दृष्टिकोण नभएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेटअन्तर्गत विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री खड्काले संख्याको विषय बहुआयामिक रूपमा हेर्नुपर्ने बताए। सदनदेखि सार्वजनिक वृत्तसम्म सेनाको संख्या घटाउन आवाज उठिरहेका वेला रक्षामन्त्री खड्काले स्पष्टीकरण दिएका हुन्।

‘अहिले जति संख्या छ, सेनालाई दिइएको जिम्मेवारीअनुसार काम सम्पन्न गर्ने सम्बन्धमा सेनाको अहिलेको संख्याले महत्वपूर्ण काम गर्दै आएको छ। त्यसैले संख्या घटाउने र बढाउनेबारे सरकारले कुनै दृष्टिकोण बनाएको छैन,’ उनले भने। 
 

कमेन्ट लोड गर्नुस