जवरजस्ती करणी गरेको अभियोगमा टीकापुरका एक युवक पक्राउ
२०८३ साउन ११, ०९:४९
धनगढीः जवरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुरका एक युवक पक्राउ परेका छन्।
टीकापुर नगरपालिका–१ ब्लक नं. २५ बस्ने २१ वर्षीय दिवश डगौरालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस