सुदूर नेपाललाई विश्वसँग जोड्दै

’सिक्रेट्स अफ राधा’ ले उचाल्यो उत्कृष्ट चलचित्रको अवार्ड

२०८० असार ११, ०७:३९ खबर संवाददाता

सुवर्ण थापा निर्देशित ’द सिक्रेट्स अफ राधा’ले ’नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को उत्कृष्ट फिचर कथानक फिल्मको अवार्ड जितेको छ।

सुजित बिडारीको निर्देशनमा बनेको ’ऐना झ्लायको पुतली’ र पाकिस्तानको ’जोयल्याण्ड’ले भने मानार्थ पुरस्कार प्राप्त गरेको छ। उत्कृष्ट लघु कथानक फिल्म पुरस्कार सन्तोष दाहालको ’द मिराज’ले जित्दा सूर्य शाही निर्देशित ’ह्विल्स अन द बस’ले मानार्थको पुरस्कार पाएको छ।

त्यस्तै, महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र ’पियोना म्यान’ र ’पासाङ ः द स्याडो अफ एभरेस्ट’ले प्राप्त गरेको छ भने सचिन घिमिरे निर्देशित वृत्तचित्र ’इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार जितेको छ। वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष कुँवरको निर्देशनमा बनेको ’मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ’डु डक्स माइग्रेसन’ले मानार्थ जितेको छ। महोत्सवले प्रदान गर्ने ’इम्पावरमेन्ट अवार्ड’ अस्कर मनोनीत ’कमिङ आउट विथ द हेल्प अफ टाइम मेसिन’ले प्राप्त ग¥यो। ’फ्रिडम अफ एक्सप्रेसन अवार्ड’ भने ’ह्वेर द विण्डो डाइ’ले पायो। अमेरिकाका निना स्टाइक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले निर्णायक टोलीले ११ देशका ३७ फिल्ममध्येबाट पुरस्कृत फिल्म छनौट गरेको हो।

महोत्सवका फिल्महरू एएफआई सिल्भर थियटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वर्ल्ड ग्रिनबेल्ट थियटरमा प्रदर्शन गरिएको थियो। महोत्सवले नेपाली संस्कृतिलाई संसारभर पु¥याउँदै विविधता र समावेशिताको प्रवर्द्धनमा टेवा पु¥याएको ’नेपाल–अमेरिका चलचित्र समाज’का अध्यक्ष पूर्णसिंह बराइलीले बताए। उक्त महोत्सवका निर्देशक युवाकार राज राजकर्णिकार हुन्।
 

कमेन्ट लोड गर्नुस