भारतमा निर्मला मृत्यु प्रकरणः बेहुला पक्ष र बेहुली पक्षका आ–आफ्नै दाबी
धनगढीः भारतको मुम्बइमा मृत फेला परेकी निर्मला रावल सेटीको हत्या नगरिएको दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षमा रहेका मृतक निर्मलाका श्रीमान नरेश सेटीका परिवारले कृपारामले झुटो आरोप लगाएको तर्क गरेका छन्। उनीहरुले निर्मलाले झुण्डेर आत्महत्या गरेको दाबी गरेका छन्।
बेहुलीका बुवा कृपारामले नेपाली सञ्चार माध्याममा हत्या गरेको भन्दै झुटो र कपोकल्पित बयान दिएको बेहुला पक्षको आरोप छ। कृपारामले ‘आफनी छोरीलाई यौन व्यवसायमा लाग्न नमानेकै कारण हत्या गरिएको, मृतक निर्मलाका पति नरेश सेटीको परिवार (महिलाको नाम समेत कोट गरिएको) मुम्बाईमा यौन व्यवसायमा लागेको र उनीहरुको आफनो आम्दानीको कुनै स्रोत नभएको’ आरोप लगाएका थिए।
तर केशव सेटीलेले सबै कुरा झुट भएको र भारतका विभिन्न संस्थामा उनीहरु कार्यरत रहेको दाबी गरेका छन्। प्रहरीको थुनामा रहेका सेटी मुम्बाइस्थित मल्टिनेशनल सफ्टवेयर कम्पनिमा कार्यरत रहेको बताइएको छ। उनकी दिदी युरिका एजुकेशन प्राइभेट लिमिटेडमा, आमा लक्ष्मी स्वर्गिय श्रीमानको बैंक जागिरको पेन्सनमै जिविकोपार्जन गरिरहेको केशवले बताएका छन।
उनले बेहुला परिवारका कुनै सदस्यबाट मोबाइल चलाउनमा रोकटोक नगरेको दाबी गरे। ‘मृतकका बुवा कृपासिंह रावलले आफ्नी छोरीको हात माग्न पटक पटक आउनु भएको र खाली हात पठाएको भनी झुटा आरोप लगाएको र बरु छोरी निर्मला मार्फत पटक–पटक केटा पक्षलाई फोन गरी हात माग्न आएको’ पत्रमा भनिएको छ।
सम्बन्धित समाचार
श्रीमानसँगै भारत गएकी निर्मलाले देहव्यापार गर्न नमानेपछि हत्या!