सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानसँगै भारत गएकी निर्मलाले देहव्यापार गर्न नमानेपछि हत्या!

२०८० असार ४, ०७:०८ कमल सावद

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० खमैराका कृपाराम रावल भारतको नैनितालमा काम गर्दै आएका थिए। उनकी छोरी निर्मला कक्षा १० मा हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ का नरेश सेट्टी विवाहको प्रस्ताव ल्याएर आए। तर कृपारामले मानेनन्। छोरीको भन्दा उमेर बढी भएपछि रावलले विवाहको प्रस्ताव अस्वीकार गरेका हुन्।

घरका एक्ला छोरा नरेश भारतमा काम गर्दै आएका थिए। उनको उमेर अहिले ३३ वर्ष पुगेको छ। निर्मलाको उमेर २१ वर्ष मात्र थियो। छोरीको उमेर र शिक्षा कम भएको भन्दै कृपारामले विवाहको प्रस्ताव अस्वीकृत गरेका हुन। निर्मला एसईई पास भइन्। ११ मा पढ्न थालिन। ११ कक्षाको परिक्षा उतिर्ण हुँदा फेरि सेट्टी विवाहको प्रस्ताव ल्याएर आए। दोस्रो पटक विवाहको लागि आएका सेट्टीलाई रावलले खाली हात पठाए। उनी भारतमा नै काम गर्दै थिए।No description available.

कृपारामकी छोरी निर्मलाको कक्षा १२ अर्थात माध्यामिक शिक्षाको अध्ययन सकियो। रावलले छोरीलाई उच्च शिक्षाका लागि काठमाण्डौ पठाउने सोच बनाएका थिए। घरमा रहेकी छोरीलाई उच्च शिक्षाको योजना बनाउन भन्दै थिए। तर निर्मला र नरेशको बिचमा कुराकानी हुने गरेको विषयमा कृपारामलाई जानकारी थिएन्। निर्मलाले नरेशसँग बिहे गर्न चाहेको दिदीमार्फत बुवालाई भनिन्। दुई पटकसम्म बिहेका लागि तयार नभएका कृपाराम तेस्रो पटक तयार भए। उनी खमौरा आए।

छोरीको विवाह गर्न तयार भए। गत माघ १५ गते छोरीको धुमधामका साथ विवाह भयो। विवाहमा चानचुन २० लाख खर्च भयो। कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका नरेश रावल भारतमा बस्दै आएका थिए। तर कृपारामको परिवारलाई छोरीको श्रीमानको कामको बारेमा जानकारी थिएन। लामो समयदेखि भारतमा बस्दै आएका नरेश घरका एक्ला छोरा थिए। आफन्तहरुले छोरीले सुख पाउने भनेपछि कृपारामले नरेशसँग विवाह गराएका हुन्।

माघ १५ गते विधिअनुसार विवाह गरेका नरेश र निर्मला १८ गते भारत जान तयार भए। तर कृपारामले उनीहरुलाई मात्र जान दिएनन्। भारतको बरेलिसम्म छोरीलाई आफैसँग लिए। भारतको बरेलीबाट छोरी निर्मला श्रीमानसँग गइन। कृपाराम भारतकै नैनिताल लागे। छोरी र बुवा भारतमै थिए। तर स्थान फरक थियो। सुरुवाती महिनाहरुमा बुवा र छोरी बिचमा फोनमा कुराकानी हुने गरेको थियो। छोरीले २ महिनापछि नरेशसँग बस्न नसक्ने कुरा बनाएपछि कृपाराम रिसाए। 

कृपारामलाई छोरीको घरबार बिग्रिने चिन्ता थियो। उनी छोरीलाई आफ्नो घरबार राम्रो बनाउन सुझाव दिदै थिए। तर छोरी निर्मलाले पछि कुरै गर्न छोडिन्। कृपाराम पनि काममा व्यस्त थिए। छोरीको हालखबर बुझ्न पाएनन्। छोरीसँग कृपारामको नियमित कुरा हुन छोड्यो। छोरीका श्रीमासँग एक पटक पनि कुरा भएन्। भारतको मुम्बईमा बस्दै आएकी छोरीले दिदीसँग श्रीमानले परिवारसँग मिलेर मार्न लागेको भनिन्। जेठ ३१ गते बिहान साढे ११ बजे निर्मलाले आफ्नो दिदीलाई फोन गरेर समस्यामा रहेको बताइन्।No description available.

कृपारामसम्म सो कुरा पुग्यो। उनले भारतको बुम्बइमा रहेका भाइका छोराहरुलाई बैनीको अवस्था बुझन लगाए। उनीहरु दिउँसो साढे १ बजेमात्र निर्मला भएको घरमा पुगे। भारतको ठाने जिल्लामा उनीहरु बस्दै आएका थिए। छोराहरु निर्मला बस्दै आएको घर पुगे। तर निर्मला थिनन्। उनको हत्या गरिएको थियो। शव अस्पतालमा थियो। 
उनीहरुले हत्या भएको जानकारी गराए। निर्मला बस्दै आएको घरका तस्बिरहरु खिचे। श्रीमानले परिवारका अन्य सदस्यसँग मिलेर उनको हत्या गरेको उनीहरुले नेपालमा रहेका आफन्तहरुलाई बताए। निर्मलाका श्रीमान र घरका परिवारले भने आत्महत्या गरेको बताउँदै थिए। अस्पतालमा रहेको निर्मलाको शवसम्म उनीहरु पुग्न सकेनन्। भारतीय प्रहरीले उनीहरुलाई शवगृहमा जान दिएन्। कृपाराम भारतको नैनितालमा थिए। उनी विमानमार्फत बुम्बइ पुगे।

घटना भएको ६ घण्टापछि उनी त्याहाँ पुगेका थिए। तर भारतीय प्रहरीले रावलको निवेदनसमेत लिएनन्। उनले छोरीको हत्या गरेको भारतीय प्रहरीलाई भने। तर प्रहरीले सुनेन। देहव्यापारी महिलाहरुको सुरक्षामा रहेका युवाहरुले समेत कृपारामलाई धम्की दिन थाले। उनले जुक्ती लगाए। नरेश सेट्टीसहित आमा र दुई दिदीलाई नेपाल ल्याए। भारतबाट एम्बुलेन्समा उनीहरु कञ्चनपुर आए।No description available.

छोरीको नेपालमा नै अन्तिम संस्कार गर्न उनले आग्रह गरेका थिए। भारतमा रोजगारीसमेत नभएका उनीहरु देहव्यापारमा रहेको कुरा कृपारामले थाहा पाए। उनी सजक भए। उनीहरु कञ्चनपुरको खड्डाचौकीबाट नेपाल फर्किए। निर्मलाको आइतवार अन्तिम संस्कार गरिएको छ। नरेश सेट्टी, नरपता सेट्टी, दिपिका र आमा लक्ष्मीदेवि सेट्टी विरुद्ध कञ्चनपुर प्रहरीमा हत्या आरोपमा मुद्दा दर्ता भएको छ। उनीहरु प्रहरीको हिरासतमा छन्। भारतमा देहव्यापार गर्दै आएका उनीहरुले छोरीको हत्या गरेको आरोप कृपारामको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस