सुदूर नेपाललाई विश्वसँग जोड्दै

महालक्ष्मी विकास बेंकको मेरिट छात्रवृत्ति पुरस्कार हिरा कुमारीलाई

२०८० असार ८, ०८:०६ खबर संवाददाता

धनगढीः  सामाजिक उत्तरदायित्व अन्र्तगत महालक्ष्मी विकास बैंक शाखा कार्यलय धनगढीले छात्रवृत्तिको पु्रस्कार प्रदान गरेको छ।

बैंकका पुर्व अध्ययक्ष नवराजबहादुर सिंहको सम्झनामा स्थापित ‘ स्वर्गीय श्री नवराजबहादुर सिंह महालक्ष्मी मेरिट छात्रवृत्ति’ दोस्रो वर्षको पुरस्कार आज( शुक्रबार) एक कार्यक्रमका बिच प्रदान गरिएको हो। बैंकले त्रिनगर माध्यमिक विद्यालमा कक्षा नौँ मा अध्यनरत मेहनेती , उत्कृष्ट, जेहनदा तर आर्थीक अवस्था कमजोर भएकी छात्रा हिराकुमारी जोशीलाई ५० हजार छात्रवृत्ति प्रदान गरेको हो।No description available.

बैंकले गत वर्ष पनि सोहि छात्रालाई छात्रवृत्ति दिएको थियो। शुक्रबार धनगढी शाखाका प्रबन्धक झंकरबहादुर कडायत र सोहि बैंकका सुदुरपश्चिम प्रदेशका प्रमुख सुनिलकुमार नेपालले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रमका सभापति महालक्ष्मी विकास बैंक धनगढी शाखाका प्रबन्धक झंकरबहादुर कडायत र प्रमुख अतिथी सोहि बैंकका सुदुरपश्चिम प्रदेशका प्रमुख सुनिलकुमार नेपाल रहेका थिए।

कार्यक्रममा बैंकका कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावक लगाएत विद्यार्थीहरुको सहभागिता थियो।
No description available.

कमेन्ट लोड गर्नुस