सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाले भने ‘सुदूरपश्चिमका लागि मैले धेरै गर्न खोजे तर ओलीले सब खत्तम पार्दिए’

२०७५ वैशाख १७, ०६:२२

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादूर देउवाले सुदूरपश्चिमको विकासका लागि आफुले गर्न खोजेका धेरै काम ओली सरकारले रोकेको आरोप लगाएका छन्। सोमवार धनगढी बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले आफुले गर्न खोजेका धेरै काम ओली सरकारले रोकेको आरोप लगाए। 
‘मैले गौरीफन्टा नाका स्तरोन्नतीका लागि भारतसंग सम्झौता गरे, सुख्खा बन्दरगाह बनाउने कुरामा सम्झौता गरे, महाकालीमा पुल बनाउने कुरामा सम्झौता गरे तर ओली प्रधानमन्त्री भएलगत्तै यि सबै कुराको बेवास्ता भयो, ओलीले भारतसंग सुदूरपश्चिमका लागि अडान लिएनन, उनि लम्पसारवादी भए।’ धनगढी बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने। 
गौरीफन्टा नाका स्तरोन्नतीका लागि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आफुले गरेको सम्झौता ओली सरकारले लत्याएको उनको आरोप थियो। ‘मैले सुदूरपश्चिमका लागि धेरै कुरा गर्न खोजेप तर ओली सरकारले सबै खतम पारिदियो।’ देउवाले भने।  
उनले भएका सहमती समेत कार्यान्नयन गर्न नसक्ने ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भईसकेको बताए। सरकारको रबैया नसुध्रिए नेपाली कांग्रेसले जनतालाई सडकमा उतार्ने देउवाले चेतावनी दिए। एक दलिय तानासाहीतन्त्र आउन नदिन कांग्रेस लडिरहने उनले बताए। 
 

कमेन्ट लोड गर्नुस