सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हैरान’ को दोस्रो गीत रिलिज

२०७५ वैशाख १७, ०५:१४

चलचित्र हैरानको दोस्रो गीत सार्वजनिक भएको छ । यस अघि शीर्ष गीत र टिजर सार्वजनिक भइसकेको चलचित्रको दोस्रो गीतमा चलचित्रका कलाकारहरू गजित विष्ट , निशामा घिमिरे , बुद्धि तामाङ , सगर लम्साल र पुष्कर रेग्मी फिचर्ड छन् । सार्वजनिक ‘हिरो.’ बोलको गीतमा राजन इशानको स्वर र सङ्गीत रहेको छ भने गम्भीर विष्टको शब्द रहेको छ । जेठ ४ मा रिलिज हुने चलचित्र ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । सामाजिक विषयवस्तुलाई उठान गरी निर्माण गरिएको चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर बाइ एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।
सिनेपाटी
 

कमेन्ट लोड गर्नुस