सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरका चम्किला तारा हेमन्त विवश

२०७५ जेठ ५, ०१:४६

झण्डै तीन दशक अगाडी रेडियो नेपाल काठमाडौँको एउटा संगित पाठशालाको विज्ञापन बज्दा डोटी जिल्लाको जिजोडामाण्डौ गावीसमा जन्मीएका हेमन्त विवशलाई एउटा रहर चढेर आयो । सो संगित पाठशालामा गएर बासुरी सिक्ने र चर्को गर्मीको मौसममा डाडाँकाडमा बासुरी बजाउने । तर बाशुरी बाधक बन्ने सपना बोकेर राजधानी पसेका विवशको उक्त रहर त पुरा भएन तर विवशलाई राजधानीमा एउटा कुशल कवी र गितकार बनाईदियो । 

जदौ गोसाइँ
चिन्नु भो ?
तपाईं मेरो पुर्खाको गौरव
म उही हली हुँ मालिक

माथि, महलबाट हजुरले
तल, माटोमा उभिएको म हलीलाई
त्यति सजिलै देख्नुहुन्न,
आखिर जेसुकै भए पनि
हजुरको गगनचुम्बी महल पनि त
माटोमै उभिएको छ

छन्द कविता र गित लेखनबाट काब्य क्षेत्रमा विगत २ दशकदेखी सक्रिय कवि हेमन्त विवसले सानो छँदा घरमा रामायणको किताव पढ्दै कविता लेख्न सुरु गरेका हुन् । काठमाडौँ गईसकेपछि कविता लेखनमा खुलेरै लागेका विवशका कवितामा मानविय पिडाको गहीराई भित्र आस्था अड्काउने स्थानको खोजी भईरहेको हुन्छ । 
विवशका सम्राई, असौजको जुन, यादै जनमभरी गरी तिन वटा गिती एल्वम र आफ्नै मनसंग, कथा एउटा तिम्रो मेरो र सैपालको आगन गरी ३ वटा कविता संग्रह पनि बजारमा आएका छन् । विवशका कवितामा नेपाली साहित्य र ईतीहासले उत्खनन गर्न नसकेका सुदुरपश्चिमका नविन विम्वहरुको सशक्त प्रयोग गरीएको छ ।
सुदुरपश्चिमका धेरै साहित्यकारहरुले यहाँको सवल पक्ष भन्दा पनि यहाँका छाउपडी, देउकी, लगायतका गलत प्रथालाई आफ्नो रचनामा समेटेको पाईन्छ । यस्मा कवि हेमन्त विवशको भने फरक मत छ ।

 

उनका अधिकासं कविताले सुदुरपश्चिमको सवल पक्षलाई उजागर गरेको पाईन्छ । सुदुरपश्चिममको पिडाको किनारबाट, एक्लोपनको सुस्केराबाट विवशका कविताका पात्रहरु ईतीहास माथी औला ठडईरहेका हुन्छन् भने वर्तमान माथी प्रश्न गरिरहेका हुन्छन् । सुदुरपश्चिमले बोकेको लामो ईतीहासलाई जगेर्ना गर्ने प्रयास पनि गरिएको हुन्छ । 
हेमन्त विवशले दुई दशकदेखी राजधानीमा बसेर सुदुरपश्चिमका सभ्यता र सास्कृतीक धरोहरमाथी अध्ययन गर्दै छन्दमा कविता कोरेका छन् । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा छरीएर रहेका ऐतीहासीक, सास्कृतीक महत्वका कुराहरु, जसलाई देशको राष्ट्रवादी ईतीहासले कहिले पनि देखेन, विवशका कवितामा नविन विम्वहरु बनेर देखा परेका छन् । 
कवितासंगै हेमन्त विवशको अर्को परिचय पनि छ उनी असल गितकारका रुपमा पनि स्थापीत छन् । २०६८ सालमा रेडियो नेपालबाट उत्कृष्ट गितकारको पुरुष्कार पाईसकेका विवशका ४ वटा देउडा एल्वम बजारमा आईसकेका छन् भने ३ दर्जन आधुनीक गितहरु रेकर्ड भएर बजारमा आउने तयारीमा छन् । धेरै देउडा गितमा विवशले स्वर पनि दिएका छन् । 
पत्रकारीता र साहित्य क्षेत्रबाट धेरै सुदुरपश्चिमका कुप्रथाको विषयमा मात्रै चर्चा भयो तर विवशले सुदुरपश्चिमका ऐतीहासीक धरोहरलाई कविता र गित मार्फत चिनाउने पहल गरिरहेका छन् । 

जदौ गोसाइँ
चिन्नु भो ?
तपाइँ मेरो पुर्खाको गौरव
म उही हली हुँ मालिक

तिम्रा मोबाइल र कम्प्युटरमा दगुर्ने औंलामा
टाँसिए टानँसिएनन् माटाका कणहरु
त्यही माटोको आद्रता ओढेर
त्यही माटोको सुवास बोकर
झुलाएको थिएँ अन्न बाली
वर्षौ वर्षसम्म

बनेको थिएँ
भन्साको नूनदेखि कौसीको चुनसम्मको ढाक्रे

पेटमा पटुका बाँधेर
हलोसँगै पिँडुला रपाखुराको मासु जोत्ने
म उही हली हुँ गोसाइँ
काटेर ल्याउथेँ
जात्रा हेर्न हिँडेकी युवतीको
बैंस छर्दै गरेको उन्मत्त कपाल झैं
भीरको बाबियो
र पो बढारिन्थ्यो तिम्रो कौसी
उकालो घन्टौं हिँड्थ्यो मसँगै
डोकोभरीको सानो पसल बोकेर
र पो पाक्थ्यो तिम्रो भान्सामा परिकार

साँझ अबेरसम्म जूनको उज्यालो ओढेर
सोझ्याईरहन्थे आँगनमा अचानो
र पो जोगिन्थ्यो तिम्रो अँगेनामा आगो
मधेस झरेपछि त चिन्न पनि छोड्नु भएछ क्यारे !

ठिकै हो
त्यही मिाटो जोतेर निकालेको हुँ
रिपुमल्लका पालाका माटाका भाँडाहरु
जुन आज नेपालमा छन् रे
चिन्दैनन् तिनले पनि

भोलि फेला पार्नेछु
मेरै हजुरबाले बोकेर ल्याएको
अर्जुन शाहीको शीला

जसको लम्बाइ, चौडाक्ष् र उचाइ

अटाउनेछ तिम्रा क्यामरामा
तर कहिल्यै अट्ने छैन
मेरो पिठ्यूँको डाम
किनकि म हली हुँ मालिक, हली

तिम्रो मोबाइल, क्यामरा र ल्यापटपभन्दा
बहुमुल्य छन् मैले बोकेका चकमक, झुलो र दर्शनढुङ्गा
यिनमा टाँसिएका छन् माटोका कणहरु
माटोका कण टाँसिएको जिन्दगी छ मसँग
हरेक पर्व पर्वादीहरु र तिनमा गाइने डेउडा,धमारी र
चैत
सबैमा देख्छु मैले माटाका तिनै कणहरु

तर पनि हलो जोतेर सीता उब्जाउने
सीताको मन्दिरमा कहिल्यै जान नपाउने
म उही अभागी हली हुँ मालिक

प्रायः जसो तिम्रै खेतमा जोतिएको
डोटी गौडाको किल्लाको भग्नावशेषजस्तो जिन्दगी
जोत्दै छु आज उही गोरेटोमा
डाँडामाथिको घाम बनिसक्दा पनि
थाहा छैन
किन छोड्दैनन् माटाका कणहरुले मसँग साइनो गाँस्न
मलाइ थाहा छ,
माथि, महलबाट हजुरले
तल, माटोमा उभिएको म हलीलाई
त्यति सजिलै देख्नुहुन्न,
आखिर जेसुकै भए पनि
हजुरको गगनचुम्बी महल पनि त
माटोमै उभिएको ।

कमेन्ट लोड गर्नुस