विदेशीसँग विवाह गर्ने बलिउड अभिनेत्री
बलिउडका केही स्टार यस्ता छन्, जसको प्रेम सम्बन्धपछि विवाह भयो ।
त्यसरी विवाह गर्नेमा बलिउडमा केही हिरोइन छन्, जसको दिल विदेशी युवकसँग बस्यो र तत्कालै बिहे गरे । हालै बलिउडकी ‘देशी गर्ल’ प्रियंका चोपडाको दिल विदेशी युवकले चोरे ।
उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा छन् । यहाँ त्यस्ता केही बलिउड अभिनेत्रीका बारेमा प्रस्तुत गरिएको छ, जसले विदेशी प्रेमीलाई पति बनाए ।
माधुरी दीक्षित
यस सूचीको पहिलो नम्बरमा आउँछिन्, बलिउडी ‘धक–धक गर्ल’ माधुरी दीक्षित । माधुरीको फिल्मीयात्रा सुपरहिट रह्यो । एक समय थियो, माधुरी र सञ्जय दत्त प्रेममा थिए, उनीहरू बिहे गर्नेवाला थिए । तर, सञ्जयको नाम मुम्बई बम हमलामा मुछियो र माधुरीको सञ्जयसँग दूरी बढ्यो । त्यही वर्ष १९९९ मा माधुरीले डा. श्रीराम माधव नेनेसँग बिहे गरिन् ।
प्रिटी जिन्टा
बलिउडकी ‘डिम्पल गर्ल’ प्रिटी जिन्टाको सौन्दर्यका सामु जो–कोही घायल हुन्छन् । प्रिटीले आफ्नो फिल्मी करियरमा ‘कल हो ना हो’, ‘वीर जरा’, ‘दिल चाहता है’जस्ता सुपरहिट फिल्म दिइन् । त्यसपछि उनले अमेरिकी व्यापारी जिन गुडइनफसँग सन् २०१६ मा विवाह गरिन् । यी दुईजना लामो समयदेखि प्रेमसम्बन्धमा थिए ।
राधिका आप्टे
वेब सिरिज तथा बलिउड फिल्ममा दमदार अभिनयका कारण फरक परिचय बनाएकी अभिनेत्री राधिका आप्टेले पनि जीवनसाथीका रूपमा विदेशी व्यक्ति रोजिन् । राधिका हाल फिल्म ‘प्याडम्यान’मा बलिउडका ‘खेलाडी कुमार’ अक्षयकुमारसँग देखिएकी थिइन् । उनले सन् २०१२ मा बेलायती संगीतकारसँग बिहे गरेर घरजम गरेकी हुन् ।