म्युजिक भिडियोमा प्रियंका-आयुष्मान

चल्तिमा रहेकी नायिका पियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशीले म्युजिक भिडियोमा सँगै मोड्लिङ गरेका छन्।
होम न्यौपानेको शब्दमा दीपक भट्टराईको संगीत रहेको 'मैच्याङ' बोलको रोमान्टिक गीतमा यो जोडीले मोड्लिङ गरेका हुन्।
युट्युवमार्फत सार्वजनिक गरिएको गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर रहेको छ। डान्सिङ नम्बरको यस गीतमा प्रियंका र आयुष्मानको नृत्य हेर्न लायकको छ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन एवं विकास धमलाको सम्पादन रहेको छ।
भिडियोमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रह निकै रोमाञ्चक लाग्छ। केही समयअघि इङगेजमेन्ट गरेका उनीहरु विवाहको तयारीमा छन्।

