खतरनाक रोलमा खेल्दै प्रभास
‘बाहुबली’ सिरिजको अपार सफलतापछि हरेक दर्शकले टलिउड सुपरस्टार प्रभासको नयाँ फिल्म ‘साहो’को प्रतीक्षा गरिरहेका छन् । यो प्रतीक्षा यस कारणले कि ‘बाहुबली २’ पछि प्रभासको कुनै पनि फिल्म प्रदर्शन भएको छैन ।
यसैबीच प्रभासको ‘साहो’सँग जोडिएको रोचक तथ्य सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार ‘साहो’को दुबईमा केही सिनको सुटिङ भएको छ ।
यस सिनमा कार, बाइक र हेलिकोप्टर प्रयोग गरेर खतरनाक स्टन्ट सिन खिचिएको छ । अब फिल्मको सुटिङको तेस्रो सेड्युल प्रभास र श्रद्धाका साथ हैदराबादमा हुँदै छ ।
र, अन्तिम सुटिङ रोमानियामा हुने भारतीय मिडियाले बताएका छन् ।
भारतीय मिडियाका अनुसार फिल्म ‘साहो’मा ‘बाहुबली’को भन्दा तीन गुणा बढी स्टन्ट हुने बताइएको छ । यो फिल्म टलिउडको सबैभन्दा ठूलो प्रोजेक्ट रहेको बताइएको छ । फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभास पहिलोपटक सँगै देखिँदै छन् ।