इरफानले छाडे गोर्मिन्ट
बलिउडका चर्चित अभिनेता इरफान खान अचेल क्यान्सरको उपचारका क्रममा लन्डनमा छन् ।
मिडियामा आएको खबरअनुसार इरफानको छैटौँ तथा अन्तिम किमो सकिएको छ । यसअघि उनलाई पाँचपटक किमो दिइसकिएको छ ।
पाँचौँ किमोपछि उनलाई कमजोरी महसुस भएको र त्यसैका कारण उनी अस्पतालमा भर्ना हुनुपरेको भारतीय मिडियाले जनाएका छन् ।
बिमारी भएका कारण इरफानले आफ्नो वेब सिरिज ‘गोर्मिन्ट’ छाडेका छन् । यसबारे इरफान आफैँले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका हुन् । यस सिरिजको अधिकतम सिन सुट भइसकेको बताइएको छ ।
इरफानले पनि यस सिरिजमा काम गर्दा मजा आएको बताएका थिए । उनले स्टाटसमा भनेका छन्, ‘म गह्रौँ मन लिएर यो खुलाउन गइरहेको छु कि स्वास्थ्यका कारण मैले यस सिरिजमा काम गर्न सकिनँ ।’