आलिया भट्टको ‘राजी’ ट्रेलर सार्वजनिक
बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘राजी’ को ट्रेलर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ । फिल्ममा आलिया एक भारतीय छोरी तथा पाकिस्तानी सैनिककी श्रीमती हुँदै एक जासूसीको भूमिकामा देखिएकी छिन ््। ट्रेलरसँगै यस फिल्मको गीत पनि सार्वजनिक भएको छ। ‘दिलबरो’ बोलको यो गीत दर्शक तथा स्रोताले मन पराएका छन् । एक पिताले छोरीको विवाह गर्दै बिदाई गर्दाको भावना यस गीतले बोकेको छ । यसै गीतमा आलिया लगाएको कपडा १ सय ७५ पटक लगाउनु परेको आलिया स्वयमले बताएकी छिन् ।




