सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकाश र आश्माको ‘ड्रिम गर्ल’ असारमा 

२०७४ चैत्र १६, ०२:४०

निर्देशक ऋषिराज आचार्यको नयाँ फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनीक गरेका हुन्।

आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेको फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन। सह(निर्मातामा अर्जुन शर्मा, दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर धिताल छन्।

आरबि मुभीजको ब्यानरमा बनेको प्रेम कथानक फिल्ममा अर्जुन पोखरेलको संगीत छ। राहुल राईले छायङकन गरेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन्। 
सिनेपाटीको सहगोमा
 

कमेन्ट लोड गर्नुस