सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट पठाएको पैसा लुटियो

२०७५ वैशाख २१, १०:५४

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन्। विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा सवार तीनजनाले खोसेर लगेका हुन्। इलाका प्रहरी कार्यालय झलारीका अनुसार लुटेराले महिलाका आफन्तले विदेशबाट पठाएको  ६० हजार ८३ रकमसहितको झोला लुटेर लगेका छन्। लुटेराको पहिचानका लागि प्रहरीले आइएमइ सेन्टरमा रहेको सिसीटिभीका फुटेज हेर्ने कार्यसँगै लुटेरा भागेको सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ।
 

कमेन्ट लोड गर्नुस