कैलालीको गौरीगंगा नगरपालिकाको एक अर्ब एक करोड बजेट

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८२/०८३ का लागि एक अर्ब एक करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ।
मंगलबार नगरसभाको १८ औँ अधिवेशनमा उप प्रमुख भोजबहादुर बमले उक्त बराबरको बजेट सार्वजनिक गरेका हुन। सार्वजनिक गरिएको बजेट आज नै सर्वसम्मत रुपमा पारित गरिएको छ।

उप प्रमुख बमले प्रस्तुत गरेको बजेटमा आयतर्फ संघीय समानीकरण अनुदान १५ करोड ९४ लाख, संघीय सर्शत अनुदान चालतर्फ २३ करोड ३६ लाख र पँुजिगत एक करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको छ।

यस्तैगरी संघीय समपुरक अनुदान पुँजिगत ७३ लाख, संघीय विशेष अनुदान पुँजिगत ४० लाख, प्रदेश समानीकरण अनुदान एक करोड ५० लाख ७१ हजार र प्रदेश सर्शत अनुदान चालुरपुँजिगत ८५ लाख, प्रदेश समपुरक अनुदानरपुँजिगत एक करोड ७ लाख रहेको उपप्रमख वमले प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ।

त्यस्तैगरी प्रदेश विशेष अनुदान पुँजिगत ७५ लााख, मुल्यअभिवृद्धिकर अन्तशुल्क १४ करोड ८६ लाख १९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। प्रस्तुत बजेटमा वन रोयल्टी १० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर २ करोड ८० लाख रुपैयाँ, सवारी साधन कर ६३ लाख ४८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ। त्यस्तै गरी विज्ञापन करमा ३ लाख, मनोरञ्जन करमा पनि तीन लाख, आन्तरिक राजस्व अन्र्तगत ७ करोड ९ लाख ९५ हजार र सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्र्तगत २७ करोड ८९ लाख उपप्रमुख वमले प्रस्तुत गरिएको बजेटमा प्रस्ताव गरिएको छ।
यस्तै व्यवतर्फ संघीय सरकारबाट हस्तान्तरित सशर्त चालुकार्यक्रममा २३ करोड ६६ लाख विनियोजन गरिएको छ। संघीय सरकारबाट हस्तान्तरित सर्शत पुँजिगत कार्यक्रममा एक करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रस्तुत बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा १७ करोड ८९ लाख रुपैयाँ छुट्याएको छ। यस्तैगरी प्रशानिक खर्च तर्फ १५ करोड ७१ लाख ४० हजार रपैयाँ जनस्वास्थ्य प्रवर्शधनमा एक करोड ६६ लाख, योजना तथा पुर्वाधार विकासमा ३ करोड ७८ लाख ४३ हजार विनियोजन गरिएको छ।

प्रस्तुत बजेटमा नगरका ११ वडा कार्यालयका लागि ९ करोड २२ लाख, नगर समपुरक कोषमा ३ करोड, शिक्षा युवा तथा खेलकुद विकासमा ७ करोड १० लाख र विपद् व्यवस्थापनमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरसभामा प्रस्तुत गरिएको बजेटमा शिक्षा, खेलकुद, विपद् व्यवस्थापन र पुर्वाधार विकास निर्माण कार्यालाई प्राथमिकता दिएको छ। त्यस्तैगरी कृषि तथा पशुपन्छी, स्थानीय कला संस्कृति भाषा तथा साहित्यको प्रवद्र्धनमा पनि नगरले विशेष प्राथमिकता राखेको छ।
यस अघि मंगलबार नै नगर प्रमुख देवीदत्त कडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको नीति कार्यक्रममा सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो।