कञ्चनपुरको वेदकोट नगरपालिकाको ९८ करोड ६५ लाख बजेट

धनगढी : कञ्चनपुरको वेतकोट नगरपालिकाले बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको १७ औँ नगर अधिवेशनमा ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।

नगर उप प्रमुख श्रीमती तुलसी जोशीले बजेट सार्वजनिक गरेकी हुन। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाले आठ वटा मुख्य कार्यक्रमहरू सार्वजनिक गरिएका छन्। एक विद्यालय, एक नर्स कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, सामाजिक सुरक्षा कोषमा कर्मचारी समावेशीकरण, नगर प्रहरीको व्यवस्थापन, आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालन लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

दैजीमा आँखाँ उपचार केन्द्र स्थापना र दैनिक ज्यालादारी कर्मचारीलाई मासिकमा रुपान्तरण गरिने भएको छ। नगर प्रमुख भोजराज बोहराले यी कार्यक्रमहरूले नागरिकलाई सेवा प्रवाहमा सहज हुने बताएका छन्।

