सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश राजधानीकै सडकको यस्तो हालत : ट्राफिक संकेत नै छैन्

२०७४ फाल्गुन १६, १०:३६

ट्राफिक व्यवस्थापन सहज बनाउन ट्राफिक चिन्ह अनिवार्य भएपनि प्रदेश ७ को राजधानी धनगढीमा त्यसतर्फ ध्यान नदिदा आवागमनमा कठिन मात्र भएको छैन, सडक असुरक्षित र दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

ट्राफिक संकेत चिन्ह्र सडकमा नराखिदा सवार िचालक र पैदल यात्रीलाई सबैभन्दा बढि समस्या भएको छ । विगत लामो समयदेखी धनगढीमै सवारी चलाउदै आएका रामचन्द्र ओझाले रोडमा ट्राफिक संकेत नहुदा समस्या हुने गरेको बताए ।

“ट्राफिक संकेत नहुदा विद्यालय, अस्पताल क्षेत्रमा पनि तिव्र गतीमा सवारी चलाउनुपर्छ, थाहा हुदैन्” उनले भने, रातिको समयमा पनि रोडको सीमा स्पष्ट नहुदा दुर्घटनाको जोखिम बढेको छ । प्रमुख रुपमा सूचनामूलक, निर्देशनात्मक र निषेधात्मक ट्राफिक संकेत चिन्ह हुने भएपनि धनगढीको मुख्य बजारमै यी यस्ता चिन्ह्र छिटफुट रुप मात्र छन् । गत वर्ष सडक डिभिजन कार्यालय धनगढीले मेनरोडमा क्याट्स आई लाईट र जेब्रा क्रसिङ बनाएको थियो । तर अहिले बजारमा ती सबै उप्केसकेका छन ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी केही दिन पहिले मात्र जेब्रा क्रसिङ बनाइएको छ तर त्यस बारे सर्वसाधरण र मोटरसाईकल चालक नै अनभिज्ञ देखिएका छन् । मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय अगाडीको सडकलाई मात्र केन्द्रीत गरेर जेब्रा क्रसिङ बनाइए पछि आलोचना पनि भइरहेको छ ।

अस्पताल, विद्यालय क्षेत्र, पुल भएको क्षेत्रमा पनि जानकारीमुलक ट्राफिक संकेत राखिनुपर्ने भएपनि त्यसतर्फ ट्राफिक प्रहरी र डिभीजन सडक कार्यालयले ध्यान नदिएको बताउदै प्रदेश मन्त्री परिषद कार्यालय अगाडीको पलक इम्पोरियमका सञ्चालक बिमल बंशलले ट्राफिक प्रहरी र डिभिजन सडक कार्यालयको लापरवाहीले सडकमा संकेतहरु नराखिएको जनाए ।

उनले यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताए । धेरैले ट्राफिक प्रहरीले राजस्व असुलीमा बढि केन्द्रीत हुँदा ट्राफिक संकेत राख्नमा ध्यान नदिएको बताएका छन् ।

तर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नीरिक्षक दिपक पातलीले ट्राफिक संकेत राख्ने काम सडक डिभिजन कार्यालयको भएको दाबि गरे ।

सडकमा राखिएका संकेतका बारेमा आम नागरिक र सवारी चालकलाई त प्रहरीले जानकारी दिन सक्छ नी भन्ने जिज्ञामा त्यो बेला बेला गरिहेको जिकिर समेत गरे ।

त्यस्तै डिभिजन सडक कार्यालयका इन्जजीनियर महेन्द्र पन्तले राजमार्ग क्षेत्रका सडक आफ्नो कार्यक्षेत्र भएकाले पर्याप्त नभएपनि उक्त सडकमा ट्राफिक संकेतहरु राखिएको दाबि गर्दै फेरी पनि त्यसलाई प्राथमिकतामा राखिने बताए ।

कमेन्ट लोड गर्नुस