सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोमा पुरिएर एकको मृत्यु

२०७५ साउन ९, १०:४०

दार्चुला शैल्यशिखर नगरपालिका ९ रुपशाख खोलामा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय नरेश वड रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ। शैल्यशिखर नगरपालिका २ घर भएका वड कामको शिलशिलामा वडा नम्बर २ स्थित मानबहादुर विकको घरमा बसेको बेला राती पहिरोमा पुरिएर घट्नास्थलमै मृत्यु भएको हो। उनीसँगै रहेका अरु ४ जना भने भाग्न सफल भएको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।  विकको घर निर्माणको लागि उनीहरु सँगै बसेका थिए। मृतकको शव पोष्टमार्टको लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

कमेन्ट लोड गर्नुस