सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भारत सीमा बैठक: २४ एजेण्डामा छलफल हुँदै

२०७५ असार २८, ०१:४९

नेपाल भारतका सीमा अधिकारीहरु बिच बिहीबार दार्चुला सदरमुकाम खलंगामा सीमा सुरक्षा बैठक शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सुुरु भएको बैठकमा बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सहभागी छन । दार्चुलाका तर्फबाट बैठकको नेतृत्व प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले गर्नुभएको छ । यस्तै बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, भारत पिथौरागढ जिल्ला अधिकारी सि.रविशंकरको सहभागीता छ  । बैठकमा नेपालकोतर्फबाट १३ तथा भारतको तर्फबाट ११ वटा एजेण्डा राखिएको छ ।


नेपालका तर्फबाट अघिल्लो बैठकको समिक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, बंगाबगड खोतिला पहिरो, मानव वेचबिखन, अवैध सामान ओसारपासार जोडीबुटी ओसारपसार, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपदमा खोज उद्धार तथा राहत, धौलीगंगा बाध खोल्ने समय, प्रस्तावित झोलुंगे पूलहरुको सहमतिबाबार छलफल, दुइपक्षीय समन्वय, सूचना आदान प्रदान नियमित गर्ने, तथा अन्य विविध विषयमा छलफल हुने उल्लेख गरिएको छ ।
कमेन्ट लोड गर्नुस