सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपडेटः क्यासिनोबाट थप एक मलेसियन नागरीक पक्राउ

२०७५ वैशाख २३, ०९:५५

धनगढीको साथी होटेलमा रहेको क्यासिनोबाट थप एक मलेसियन नागरीक पक्राउ परेका छन्। दास्रो चरण छापा हान्दा मलेसियन नागरीक अजाउजीन पनि पक्राउ परेका हुन। उनको साथ बाट २ लाख भारतीय रुपैया र १२ लाख नेपाली रुपैया बरामद गरिएको छ। उनलाई पनि अहिले जिल्ला प्रहरीकार्यालय कैलालीमा राखिएकोछ। यसअघि नेपाला प्रतिवन्धित पाँच सय र दुई हजारका भारतीय रुपैयाको अवैध रुपमा कारोवार गरेको भन्दै प्रहरीले त्यहाँ छापा मारेको थियो। जिल्ला प्रहरी कार्र्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढामगरको नेतृत्वमा गएको टोलीले साथी होटेलमा रहेको किङग्स लाउण्ड क्यासिनोमा छापा मार्दै अवैध रुपमा प्रतिवन्धित भारतीय नोटहरुको कारोवार गर्दै जुवातास खेलाईरहेको पाईएको छ। नेपाल राष्ट्र वैंकले नेपालमा पाँच सय र दुई हजारका भारतीय रुपैयाँ प्रतिवन्ध गरेकोले कुनै पनि स्थानमा त्यसको कारोवार गर्न नपाईने नेपाल राष्ट्र वैंकले जनाएको छ । तर क्यासिनोमा भारतीय वाहेक नेपालीलाई प्रवेश निषेध गरिएकोले त्यहाँ अवैध रकमको कारोवार भएको प्रहरीले फेला पारेको थियो। प्रतिवन्धित नोटहरुको कारोवार हुने आशंकामा प्रहरीले छापा मार्दा १० लाख ५ हजार रुपैया पाँच सय र दुई हजारका भारतीय नोट जफत गरेको थियो। आज आईतवार भएकोले अधिकांश सीमावर्ती वजारवाट नेपाल क्यासिनो खेल्न आउने हुँदा प्रहरीले त्यही मौकामा छापा हानी लाखौं रकम जफत गरेको हो । पक्राउ परेका क्यासिनोका म्यानेजर दाहाल र मलेसिय नागरीक मोहमद अजाउजीन सहित बरामद रुपैयालाई आन्तरिक राजश्व विभागमा वुझाईने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस