सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारी गाउँपालिकामा भोलि बिदा

२०८२ जेठ २१, ०५:१२ खबर संवाददाता

धनगढी : कैलालीको कैलारी गाउँपालिकामा भोलि स्थानीय बिदा दिइएको छ।

धनगढी उपमहानगरपालिका–१६ रामपुरको बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गादशहरको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिएको हो।

गाउँपालिकाको सार्वजनिक सूचना जारी गर्दै हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिको दिन मनाइने गङ्गादशहरको अवसरमा बिदा दिइएको जनाइएको छ।

गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैँक तथा वित्तीय संस्थामा बिदा रहने बताइएको छ। यसअघिनै कैलालीको धनगढी उपमहानगरपालिकाले पनि २२ गते बिदा दिने जनाएको छ। २२ गते धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्ने छ।

 

कमेन्ट लोड गर्नुस