सुदूर नेपाललाई विश्वसँग जोड्दै

भत्काडामा आलुको पुर्व मुल विउ उत्पादन गरिदै

२०७५ असोज २१, ०३:५४ कमल सावद

२०७३ सालबाट उत्पादन सुरु भएको आलुको पुर्व मुल बिउले पहाडी जिल्लाहरु डडेलधुरा, डोटी र अछाममा आलु उत्पादन पनि बढ्दै गएको हो। डडेलधुराको भत्काँडामा असिग्राम कृषक बहुउदेश्यी सहकारी संस्था लिमिटेडले स्थापना गरेको सिसाको घरबाट एक सिजनमा १५ हजार आलुका बिरुवा रोप्ने गरिएको असिग्राम कृषक बहुउदेश्ये सहकारी संस्था लिमिटेडका अध्यक्ष डम्मरदेव भट्टले बताए।
आलुको पुर्व मुल बिउबाट तेस्रो पटक सम्म आलुको बिउ उत्पादन गर्न सकिन्छ। चौथा पटक बाटमात्र खाने आलु उत्पादन सुरु हुन्छ। १५ हजार रेडिनल र काडिलन जातको आलुको मुल बिउ उत्पादन सहकारीले गरीरहेको छ। पहाडी जिल्लाको मौसमका लागि आवश्यक रातो आलु स्कृन हाउस अर्थात सिसाको घरबाट उत्पादन भईरहेको आलुको प्रजनन बिउ उत्पादनको काम गरीरहनु भएका टेकराज अवस्थीले बताए।
यो बिउ एक आर्थिक बर्षमा तिन पटक उत्पादन हुन्छ तर असिग्राम कृषक बहुउदेश्यीय सहकारी संस्थाले एक पटक मात्र उत्पादन गर्न सकेको छ। स्कृन हाउसको छानो होचो भएकाले एक पटक मात्र बिउ उत्पादन भैरहेको हो। १८ रुपैया प्रतिदानमा बिक्रि हुने उन्नत जातको आलुको बिउको एक दाना २ ग्राम देखी १० ग्राम सम्म हुन्छ भने १८ वटा सम्म विउ बनाउन सकिन्छ। को हुने गर्दछ। 
असिग्राम कृषक बहुउदेश्य सहकारी संस्थाले साढे ६६ लाखको लागतमा आलुको पुर्व मुल बिउ उत्पादनका लागि स्कृन हाउस निर्माण गरेको थियो। सहकारीले एक जना स्कृन हाउस हेरालु, एक जना संरक्षण राखेको बताएको छ। सुदूरपश्चिम प्रदेशमा यस्तो एक मात्र स्कृन हाउस छ। २५ बर्ष  देखी डडेलधुरामा आलु उत्पादन गरीरहेका कृषकलाई आलुको बिउ उत्पादनमा यो स्कृन हाउसले सहयोग गरेको छ।  एक उन्नत जातको आलुको दानाबाट १५ देखी २० दाना आलुको बिउ उत्पादन भैरहेको छ। एक आलुको बिउको दानालाई  १८ रुयैयाँमा सहकारीले बिक्रि गरेपनि ५० रुपैयाँ सम्ममा किन्न तयार रहेका छन्। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस