कैलालीको गौरीगंगामा अबैध काठ बरामद
२०८१ वैशाख २६, ०७:४५
धनगढीः कैलालीको गौरीगंगामा अबैध काठ बरामद गरिएको छ।
गौरीगंगा नगरपालिका–९ बनखेतमा रहेको गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अबैध काठ मंगलवार बरामद गरिएको हो।
उक्त काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ।
कमेन्ट लोड गर्नुस