सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्दिा दुर्घटना

२०८१ वैशाख २५, १२:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–४ सहिदगेटमा आज धनगढी–४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकल र धनगढी–४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटर एक आपसमा ठोक्दिा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चटकपुरको सहिद गेटदेखि नेपाल राष्ट्र बैंकतर्फ गइरहेको सवारी दुर्घटना हुँदा चालक दुबै जना घाइते भएका छन्। घाइते मोटरसाइकल चालक कुँवरको नवजीवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस